बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिको मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका थिए।

चिकित्सकले उनलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने आशंकामा आज त्यसको परीक्षण गर्ने तयारी गरेका थिए ।अघिल्लो बिहीबार पनि उनको स्वास्थ्य बिग्रिएको थियो। उनलाई सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनी उपचारका लागि अमेरिकाको न्यूयोर्क पुगेका थिए। पत्नी नीतूसँगै ११ महिना अमेरिकामा उपचार गरेर गत सेप्टेम्बरमा मात्र उनी भारत फर्किएका थिए।



अमेरिकाबाट फर्किएर आएपछि आफू ठीक भएको र जुनसुकै काम गर्न सक्ने भएको ऋषि कपुरले बताएका थिए। अमेरिकाबाट फर्किएपछि ऋषिले दिल्लीमा जूही चावलासँगै ‘शर्माजी नमकीन’ नामको फिल्म गरे थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि सुटिङ क्यान्सिल गरिएको थियो ।

सम्बन्धित समाचार