आखिरमा अधुरै रह्यो बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको यो इच्छा

इरफान खानको निधनपछि आज अप्रिल ३० का दिन बलिउड इडस्ट्रीको लागि एउटा नराम्रो खबर आयो । त्यो हो– ऋषि कपुरको निधन । पूरा साउथ एशिया नै यस खबरले दुःखी छ । बलिउड फिल्म इण्डस्ट्री संसारमै अग्रणी मानिन्छ । ७० को दशकको शानदार एक्टर ऋषि कपुरले दुनियाँ छोडेर गएका छन् ।

सेप्टेम्बरमा जब क्यान्सरजस्तो गम्भीर बिमारीको उपचार गरेर जब ऋषि कपुर विदेशबाट इण्डिया फर्किए, तब धेरैले सोंचे कि उनी ठीक भएर फर्किएका छन् । तर कसलाई थाहा कि उनी यति चाँडै अस्त हुनेवाला छन् । ऋषि कपुरले आफ्नो क्यारियरमा निकै उचाई देखे तर उनको निजी जिन्दगीमा उनको एउटा इच्छा अधुरै रह्यो । विदेशबाट उपचार गरेर जब उनी फर्किए तब लाग्दथ्यो कि अब चाँडै उनको इच्छा पूरा होला तर लकडाउनले पुरै खेल बिगारिदियो । ऋषि कपुरको त्यो अधुरो सपना के थियो त ?



उनी छोरो रणवीर कपुरको विवाह देख्न चाहन्थे, जुन सपना अधुरै रह्यो

वास्तवमा ऋषि कपुर चाहन्थे कि उनको छोरा रणवीर कपुरको विवाह होस् । कैयौं चोटि यो खबर पनि आयो कि रणवीर कपुरको विवाहको तारिख पक्का हुनेवाला छ । फिल्म ब्रम्हास्त्रको शुटिंगको लागि रणवीरको विवाहको डेट अगाडि बढी रह्यो र फेरि कोरोना भाइरसका कारण लकडाउन भयो । मिडिया रिपोर्टका अनुसार ऋषि कपुरले आफ्नी हुनेवाला बुहारी कैयौं चोटी भेट गरे र डिनर पनि गरे । तर छोरालाई घोडामा चढेको देख्न र आलियालाई दुलहीको भेषमा देख्ने उनको सपना अधुरै रह्यो । ऋषि कपुरले आफ्नो अन्र्तवार्तामा भनेका थिए– छोराको विवाह हेर्ने मेरो सपना अधुरै रह्यो ।

ऋषि कपुर जब क्यान्सरको उपचारको लागि विदेश गएका थिए तब उनको यस मुस्किल घडीमा उनको छोरा सधैँ साथ रहे । मिडिया खबरअनुसार बिमारीभन्दा पहिले ऋषि कपुर र रणवीर कपुरको सम्बन्धमा थोरै खट्पट थियो तर बिमारीले बाउ र छोरालाई निकै नजिक ल्याइदियो । विदेशमा उपचार भैरहेको बेला आलिया भट्ट पनि ऋषि कपुरलाई भेट्न पुगेकी थिइन् ।

सम्बन्धित समाचार