ऋषि कपूरको अन्तिम संस्कार

बलिउड अभिनेता ऋषि कपूरको अन्तिम बिदाइ गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारमा कपूर परिवारका सदस्य तथा नजिकका साथीभाइको उपस्थिति थियो ।

अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपूर, सैफअलि खान, आलिया भट्ट, उद्योगी अनिल अम्वानी लगायतका व्यक्तिहरु ऋषि कपूरको अन्तिम बिदाइमा सहभागी भएका थिए ।



पछिल्लो केही समयदेखि क्यान्सर रोगबाट पीडित ऋषि कपूरको स्थानीय समय अनुसार बिहीबार बिहान ८ः४५ बजे निधन भएको थियो । मुम्बईको एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

लकडाउनका कारण दिल्लीमा फसेकी उनकी छोरी रिद्धिमा कपूर भने बुवाको अन्तिम संस्कारमा सहभागी हुन पाइनन् ।

सम्बन्धित समाचार