महाराष्ट्रमा प्लाज्मा थेरापीबाट उपचार गराउने कोरोना संक्रमितको मृत्यु

मुम्बइको लीलावती अस्पतालमा प्लाज्मा थेरापी गरेको चारदिनपछि कोरोना संक्रमितको मृत्यु भएको छ । महाराष्ट्रमा कोरोबाट प्लाज्मा थेरापी गराउने उक्त पहिलो विरामी थिए। विरामीको उमेर ३५ वर्षको थियो । चिकित्सकका अनुसार उनलाई प्लाजमा थेरापी दिएको थियो ।

यसपछि उनको स्वास्थ्यमा केही सुधार आए पनि अप्रिल २९ मा उनलाई निमोनिया सताएपछि ज्‍यान गुमाउनु पर्‍यो । अस्पताल आउनुअघि उनलाई १० दिन पहिले नै रुघाखोकी लागेको थियो भने घाँटी दुखेको थियो ।



एक्सरेमा उक्त विरामी फोक्सोमा धब्बा देखिएको थियो । यस्तै उनको शरीमा पनि अक्सिजनको मात्रा कम देखिएको थियो । लीलावती अस्पतालका सिइओ रविशंकरका अनुसार उक्त विरामीलाई कृत्रिम श्वास दिनुका साथै एन्टी भाइरल औषधि दिएको थियो ।

प्लाज्मा थेरापीपछि उनको स्वास्थ्यमा सुधार भएछि डोज दिन छाडेको थियो । यता, मुम्बइमा बीएमसी प्लाज्मा थेरापीमाथि अध्‍ययन भइरहेको छ । यो अध्‍ययन संक्रामक विारमीका विज्ञ डा। ओम श्रीवास्तव तथा कस्तरबा ल्याबको मद्दतबाट गरिरहेको थियो ।

केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले २८ अप्रिलमा कोरोना विारमीका लागि प्लाज्मा थेरापी कुनै प्रमाणित नभएको र यसलाई लागू गर्न नहुनेमा तर्का गरेका थिए ।

सम्बन्धित समाचार