संजय दत्त ऋषि कपूरलाई मार्न पुगेका थिए अपार्टमेन्ट

बलिउड अभिनेता ऋषि कपूरको मुम्बईमा मृत्यु भयो । उनी ६७ वर्षको थिए । अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको मृत्युको खबर फ्यानहरूलाई सूचित गरेका थिए । बुधवार राती कपूरलाई सास फेर्न गाह्रो भएको कारण एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । धेरै बलिउड सेलिब्रेटीहरूले ऋषि कपूरलाई ट्वीट गरी श्रद्धांजलि अर्पण गरेका छन् ।

बायोग्राफी ‘खुल्लम खुल्ला स् ऋषि कपूर अनसेन्सर्ड’ मा ऋषिको जीवनको बारेमा धेरै रोचक खुलासा गरिएको छ । मीना अय्यरले लेखेको यस पुस्तकमा ऋषिले आफ्नो प्रेम जीवनको बारेमा पनि बताएका छन् । ती किस्सा यहँ राखिएको छ ।



पुस्तकमा ऋषि कपूरले एक पटक संजय दत्त उनलाई मार्न उनको अपार्टमेन्टमा पुगेको बताएका छन् । वास्तवमा संजयलाई शंका थियो कि उनको चक्कर टीना मुनीमसँग चलिरहेको छ । यद्यपि नीतू सिंहले सम्झाएर फर्काएकी थिइन् ।

सन् १९७६ मा चलचित्र ‘देश परदेश’ बाट बलिउडमा पाइला राखेकी टीनाले राजेश खन्नालाई मन पराइन् । राजेश खन्नाले डिम्पलसँग विवाह पश्चात पनि टीनालाई आफ्नो नजिक आउन दिए ।

टीनालाई पनि राजेश विवाहित भएको थाहा थियो । टीना राजेशको स्टारडमबाट प्रभावित थिइन् भने राजेश टीनाको सुन्दरताबाट मोहित थिए । ८० को दशकमा दुवैको अफेयरले निकै चर्चा पायो सो समय टीनाले राजेशसँग विवाह गर्न दवाव दिइन् । राजेशले उनलाई डिम्पलसँग सम्बन्ध बिच्छेद गरेर विवाह गर्ने आश्वासन दिएका थिए । तर राजेशले कहिले पनि डिम्पलसँग सम्बन्ध बिच्छेद बारे कुरा गर्न सकेनन् ।

नीतू सिंह ऋषि कपूरको पहिलो प्रेम थिएन

पुस्तकमा ऋषिले बताएका छन् नीतू सिंह अघि उनी पारसी केटी यास्मीन मेहतालाई प्रेम गर्थे । यास्मीनको बारेमा धेरै कुरा नभने पनि ऋषि नीतूलाई पहिलो भेटे हुदा यास्मीनसँग डेटिङ गर्दै थिए । तर चलचित्र बबीको सफलता पछि यास्मीनले ऋषि ‘बबी’ फिल्मकी उनको को(स्टार डिम्पल कपाडियाको प्रेममा डुबेको सम्झिइन् ।

त्यसैले यास्मीन, गलत धारणाको शिकार भएपछि ऋषिको प्रेमलाई अस्वीकार गरिन् । ऋषि कपूरले उनलाई मनाउन कडा परिश्रम गरे तर उनी राजी भइनन् ।

जब राजेश खन्नाले ऋषि कपूरको औंठी समुद्रमा फाले

उनको पुस्तकमा ऋषि कपूरले भनेका छन्( जब म यास्मीनसँग सम्बन्धमा थिएँ यास्मीनले मलाई एउटा औंठी उपहार दिएकी थिइन् , तर फिल्म बबीको क्रममा डिम्पलले त्यो औंठी मसँग मागेर लगाइन् । जब राजेश खन्नाले डिम्पललाई प्रस्ताव गरे, उनले रिंगलाई समुद्रमा फ्याँक्न भने । जब डिम्पलले रिंगलाई समुद्रमा फ्याँकिन् तब राजेश र उनी बीचमा प्रतिबद्धता भयो र सत्य यो थियो कि म डिम्पललाई कहिले पनि माया गर्दिनथे ।

अमिताभसँग ऋषि कपूरको प्रतिस्पर्धा

‘खुल्लम खुल्ला’ नामको आत्मकथामा ऋषि कपूरले भनेका थिए, मैले ३० हजार रुपियाँ दिए फिल्मफेयर अवार्ड मेरो नाममा गरेको थिएँ । वास्तवमा यो १९७३ को कुरा हो । यसैले उनले ‘बबी’ फिल्मका लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते । त्यस समयमा अमिताभ बच्चन ‘जंजीर’ मा सर्वश्रेष्ठ प्रदर्शन गर्ने उनका प्रतिस्पर्धी थिए ।

ऋषि कपूरले पछि यो पनि सोचे कि अवार्डकै कारण अमिताभ र उनको सम्बन्ध शीतलयुद्ध सुरु भएको छ । अमिताभ आफू पुरस्कार पाउन योग्य सम्झन्थे । यस कारणले गर्दा, उनीहरूको सम्बन्धमा खटपट आयो । यद्यपि,दुबै बीच सम्बन्ध सुधार भयो ।

‘कभी-कभी’ सुपरहिट

चलचित्र ‘कभी-कभी’ सुपरहिट भयो । ऋषि कपूर ऋषि कपूर भन्छन् कि उनले लगभग यो फिल्म अस्वीकार गरे किनभने फिल्ममा नीतूको भूमिका उनी भन्दा बढी शक्तिशाली थियो । ऋषिले आफ्नो पुस्तकमा भनेका छन्, ‘मैले ‘कभी-कभी’ ‘प्रस्ताव पनि अस्वीकार गरेको थिए । यसका लागि दुई कारणहरू थिए । एउटा हो अमिताभ बच्चनलाई चुनौती दिनु थियो । दोस्रो, मलाई लाग्यो कि नीतूको भूमिका म भन्दा बलियो छ ।

सम्बन्धित समाचार