बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक सकिएको छ । पार्टी एकतालाई दृढ भएर रक्षा गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको भनाइ छ । श्रेष्ठले भने-‘ बैठकमा प्रधानमन्त्रीले आत्मआलोचना गर्नुभएको छ । अरु नेताले पनि कमीकमजोरीमा आत्मआलोचना गर्नुभएको छ । २५ बैशाखमा स्थायी समिति बैठक बस्ने निर्णय भएको छ ।’
वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको सदस्य बनाउन पार्टीले पहल गर्ने निर्णय भएको छ । साथै बैठकले गौतमलाई प्रतिनिधिसभाको चुनावमा लडाउने निर्णय पनि गरेको छ । उपयुक्त समयमा उम्मेदवार बनाउन पहल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।