भारतमा एकै दिन २४ सय बढी कोरोना संक्रमित थपिए, १ सय जनाको मृत्यु

छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र मृत्युदर दिनहुँ बढिरहेको छ । लकडाउनका बीच पनि भारतमा कोरोना संक्रण र मृत्युदर बढिरहेको हो । आइतबार बिहानसम्म त्यहाँ संक्रमितको संख्या ३९ हजार ७ सय नाघेको छ ।

वल्डोमीटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ हजार ४४२ नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एकै दिनमा थपिएको सबैभन्दा बढी संख्या हो । त्यस्तै, भारतमा शनिबार कोरोनाबाट १ सय जनाले ज्यान गुमाएका छन् । त्यहाँ २४ घण्टामा मृतकको संख्या यो हालसम्मको नै बढी हो ।



योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । त्यहाँ उपचारपछि निको हुनेको संख्या पनि दिनहुँ बढिरहेको छ । आइतबार बिहानसम्म भारतमा १० हजार ८ सय व्यक्ति कोरोना संक्रमणबाट मुक्त हुँदै घर फर्किसकेका छन् ।

गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोरोनाबाट हालसम्म २१० प्रभावित भइसकेका छन् । जसमध्ये ११ लाख ८ हजार व्यक्ति निको हुँदा २ लाख ४४ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार