नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् । गौतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न तयार रहेको बताएका हुन् ।
‘पार्टीले निर्णय गर्यो भने कमरेड वामदेवका लागि, देश र जनताका लागि म सांसद पद छाडेर बाटो खुला गरिदिन तयार छु’, बस्नेतले भने ।
आफ्नो कारणले पार्टी र देशको हित हुन्छ भने जस्तोसुकै निर्णय गर्न पछि नहट्ने सांसद बस्नेतले बताए ।