वामदेवलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैनः महासचिव पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीमा ओलीको विकल्प नखोजिएको बताएका छन् । ओलीको कार्यकाल ५ वर्ष नै रहने उनको दाबी छ ।

पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने निर्णय नभएको पौडेलले बताए । गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय भएपनि प्रधानमन्त्री बनाउने निर्णय नभएको पौडेलको भनाई थियो ।



नेकपामा पछिल्लो समय देखिएको विवादले शीर्ष नेताहरुलाई झन् नजिक बनाएको र नेकपा थप एकीकृत र संगठित भएको उनको दाबी थियो । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलेकोमा माधव नेपाल अषन्तुष्ट रहेको भन्ने चर्चामा सत्यता नरहेको पौडेलले बताए ।

पार्टीमा एक व्याक्ति एक पदको चर्चा भएपनि आगामि महाधिवेशनसम्म त्यो कार्यान्वयन नहुने उनको भनाई थियो ।

सम्बन्धित समाचार