पिठोको पोकामा पैसा राखेर नबाँडेको आमिर खानको दाबी

बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् ।

अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त्यसमा भारु १५ हजारका दरले राखेर बाँडेको भन्ने खबर भाइरल भएको थियो ।



त्यसमा स्पष्टिकरण दिँदै अभिनेता खानले पिठोको प्याकेटमा पैसा राखेर बाँड्ने आफू नरहेको वा त्यो समाचार नै पूर्ण रुपले झुट हुन सक्ने वा आफ्नो नाम बनाउन नचाहने व्यक्तिले त्यस्तो गरेको हुन सक्ने बताएका हुन् ।

उनले सोमबार बिहान ट्वीट गरेर रकम बाँडेको भन्ने खबरबारे प्रतिक्रिया दिएका हुन् । उनले सबैलाई सुरक्षित रुपमा रहन आग्रह पनि गरेका छन् ।

https://twitter.com/aamir_khan/status/1257165603678240768?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1257165603678240768%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F05%2F04%2F350730%2F

सम्बन्धित समाचार