दिवेश अमेरिकन आइडलको टप १० मा

सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन् । अमेरिकन आइडलको लाइभ शोमा छानौट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन् । उनको सांगीतिक नाम आर्थर गन हो ।

आइतबार साँझ उनले घरमा नै गितार बजाएर ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन्ट्री रोड्स’ बोलको गीत गाएका थिए । यो गीत पछि भोटिङ र प्रस्तुतिको आधारमा दिवेशलाई अर्को राउण्डमा लगिएको हो ।



अमेरिकन आइडलमा यति अगाडिसम्म पुग्ने उनी पहिलो नेपाली हुन् । प्रस्तुतिपछि उनको तारिफ भएको थियो । कार्यक्रमको निर्णायक गायिका केटी पेरीले दिवेशलाई भनिन्, ‘तिमीले मलाई हेर्यौ अर्थात् क्यामरालाई हेर्यौ ।’

टप १० मा पुगेपछि उनले फेसबुकमार्फत आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

https://youtu.be/9Gz83cHPqgE

सम्बन्धित समाचार