नारायणकाजीको ट्विटले नेकपामा खैलाबैला, के ओली सहमतिबाट पछि हटेका हुन ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेपछि शान्त भएको पार्टीभित्रको विवाद पुनः उत्कर्षमा पुग्ने चिन्ता थपिएको छ । सचिवालय बैठकमा प्रम तथा अध्यक्ष केपी ओलीले आत्मालोचना गर्दै पार्टीलाई एकताबद्ध बनाउने सहमति भएको र पार्टीभित्रका समस्याबारे थप छलफल गर्न स्थायी समितिको बैठक बोलाउने निर्णय भएको थियो ।

सोमबार साँझ गरेको नयाँ ट्विटले भने सहमति अन्यौलमा पर्ने अवस्था सिर्जना भएतर्फ संकेत गरेका छ । सोमबारका दिन नेकपाका दुबै अध्यक्षबीच छलफल भएको थियो । छलफल लगत्तै अध्यक्ष प्रचण्ड कोटेश्वरस्थित नेता माधव नेपालको निवास पुगेका थिए ।



सोमबार साँझ नै पार्टीका प्रवक्त नारायणकाजीले भने सचिवालयको निर्णयबाट पछि हटे पार्टीमा संकेत आउने चेतावनी दिएका हुन । सहमतिबाट पछि हट्ने संकेत प्रधानमन्त्री तथा अध्यक्षले अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा व्यक्त गरेको र सोही आधारमा श्रेष्ठले ट्विट गरेको अनुमान कतिपयले लगाएका छन् ।

सचिवालयको सहमतिबाट कोही पनि पछि हटन नमिल्ने र नसक्ने श्रेष्ठ बताएका छन् । श्रेष्ठले लेखेका छनः अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ। अत: अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा,बिधिपद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प-यो हो निश्कर्ष।

सम्बन्धित समाचार