बौद्धिक सम्पत्तिको विषयलाई लिएर अमेरिका भारत, चीन सहित विभिन्ने देशसँग रुष्ट बनेको छ । डोनल्ड ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति मापनमा देखिएको कमजोरी सुधारका लागि एक सूची तयार पारेको छ । जहाँ भारतलाई उसले प्राथमिकता निगरानी सूचीमा राखिएको छ । भारत सहित १० देशको नाम उक्त सूचीमा छ । चीनको नाम पनि त्यहाँ उल्लेख छ ।
जहाँ लेखिएको छ, ‘यी देशमा बौद्धिक सम्पदा र तिनको परिवर्तनको कारण अमेरिकीहरुलाई न्यायोचित बजार पाउन नोक्सान भएको छ ।’ उक्त सुचीमा अर्जेन्टिना, अल्जेरिया, चिली, रुस इन्डोनेसिया, साउदी अरब, भेनेजुएला र युक्रेन छन् ।
क्यानडा, कुवेत र थाइल्याण्डको नाम भने उक्त सुचीबाट हटाइएको छ । अमेरिकाका अनुसार भारतमा अमेरिकी ब्यापारीहरुले ‘पेटेन्ट’ हासिल गर्न, कायम राख्न र लागु गर्न कठिन बनाइएको छ ।
यस्तो समस्या औषधि उद्योगहरुमा अत्याधिक छ । साथै भारतले औषधि निर्माण लाइसेन्स जारी गर्न पनि पारदर्शिता सिमित गरिदिएको अमेरिकाले जनाएको छ । औषधि वाहेक भारतमा कृषि रासायानिक उत्पादन प्रणालीमा पनि चुनौती थियो । यस्तै ब्यापार गोपनीयता चोरी, अनलाइन चोरी, ट्रेडमार्क रक्षामा बाधा, नक्कली सामानको निर्यात, उच्च मात्रामा विनिर्माण जस्ता अमेरिकी आरोप भारतमाथि छ ।