भारतको दिल्लीमा रक्सी (मदिरा) को मूल्य ७० प्रतिशतले बढेको छ । दिल्ली सरकारले सोमबार बेलुका रक्सीको मूल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शुल्क’ लगाउने निर्णय गरेको हो ।
सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको थियो, जस अन्तर्गत मदिरा पसलहरु खोल्न दिइएको थियो । सोमबार बेलुका दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शुल्क थप गर्ने निर्णय गरेको हो ।
मदिराको बोतलमा देखिएको बजार मूल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मूल्य कामय गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था पिटिआईले जनाएको छ । मंगलबारदेखि नै थप भएको विशेष कोरोना शूल्कसहित मदिरा बिक्री हुन थालेको जनाइएको छ ।
कोरोना भाइरसका कारण सरकारी खर्चमा वृद्धि भएकाले थप राजस्व जुटाउनका लागि यस्तो निर्णय भएको मानिएको छ ।