कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार भन्दा बढी पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वभर कोभिड–१९ बाट दुई लाख ५१ हजार ५८० जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ३५ लाख ८४ हजार भन्दा बढी रहेको छ ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कम्तिमा ६८ हजार ९३४ जनाको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या ११ लाख ८० हजार भन्दा बढी रहेको छ । यसैगरी इटालीमा २९ हजार ७९, बेलायतमा २८ हजार ८०९, स्पेनमा २५ हजार ४२८ तथा फ्रान्समा २५ हजार २०४ जनाको ज्यान गएको छ ।
यसैबिच अमेरिकामा सोमबार कोभिड–१९ बाट एक हजार १५ जनाको ज्यान गएको छ । पछिल्लो एक महिनामा एक दिनमा कोभिड–१९ बाट ज्यान गुमाउनेको यो कम संख्या हो ।