४ सय ४१ जना सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बजेट अधिवेशन शुरू हुनुअघि विहीबार थ्रोट स्वाब संकलन गरिएका सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालय स्रोतका अनुसार १७९ प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । उनीहरू सबैको रिपोर्ट आज दिउँसो ४ बजे बस्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने स्रोतले बतायो ।



संसद बैठक अघि कोरोना भाइरस भए-नभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्य व्यबस्था समितिको निर्णयअनुसार विहीबार संसद अन्तर्गत ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

त्यस्तै, स्वाब संकलन गर्न बाँकी सांसद, संसद भवनमा अनिवार्य उपस्थित हुनुपर्ने सुरक्षाकर्मी र कर्मचारीको परीक्षण आज बिहान ८ देखि १० बजेसम्म आइसीसी भवनको लोत्से हलमै स्वाब संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार