उदयपुरमा थप एक जनामा कोरोना देखियो, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।



यसअघि आजै बिहान उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३-३ जना कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। ३१ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार