कोरोना भाइरसबाट २ लाख ८० हजारबढीको मृत्यु, ४१ लाख संक्रमित

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २ लाख ८० हजार ४३१ पुगेको छ । संक्रमितको संख्या ४१ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार ६८३ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो । युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ५१ जनाको मृत्यु भएको छ । अहिलेसम्म ६ लाख ४७ हजार २१० जना उपचारपछि निको भएका छन् भने ८ लाख ६ हजार ८६३ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १४ हजार ३५४ जनाको अवस्था गम्भीर छ ।



एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ८५१ पुगेको छ । ६ लाख ५० हजार ८९८ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ५९ हजार ३८२ जना निको भएका छन् । २ लाख ६९ हजार ६६५ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ८ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ७४ हजार ५३१ पुगेको छ । कोरोनाकै कारण अहिलेसम्म ८९ हजार ५० जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार ७७९ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ९८ हजार १२५ पुगेको छ । मृतकको संख्या १५ हजार ४ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३ हजार ६२० निको भएका छन् भने १ लाख ७९ हजार १०५ जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ६१ हजार ९८५ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार २३२ जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५२५ जनामा संक्रमण देखिएको छ ।

नेपालमा भने ११० जनामा संक्रमण देखिएकोमा ३१ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार