भीम रावलको प्रस्तुतिले दु:खी बनायो : शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् । मूख्यमन्त्री पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै नेकपा नेता भीमरावललाई विगतमा आफू सरकारमा हुँदा गरेको कामको अनुभवबाट वर्तमान सरकारलाई सहयोग आग्रह समेत गरेका छन्।

मूख्यमन्त्री पोखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र नै कमजोर बन्ने बताएका छन्। उनले फेसबुकमा स्टाटस् लेखेका छन्, ‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदूरपश्चिम प्रदेशको इन्चार्ज समेत रहनु भएका कमरेड भीम रावलजीले कालापानी लगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफूले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खबर सुन्न पाएको भए खुशीको अनुभूति हुने थियो।’



नेता भीम रावलले आइतबार संसद र संसदीय समितिको बैठकमा भारतले लिपुलेकमा सडक बनाएको बारे कडा टिप्पणी गरेका थिए।

सम्बन्धित समाचार