नेपालमा सोमबार १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । उनीहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।