स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण

बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो ।

यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो । बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए ।



कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ । प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताए ।

सम्बन्धित समाचार