ब्राजिलमा कोरोनाको ताण्डव, कोभिड–१९ बाट एक दिनमै ११ सय ७९ जनाको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एक दिनमै मृत्यु हुनेको संख्या नयाँ उचाईमा पुगेका छ।

कोभिड–१९ का कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा ११ सय ७९ जनाको ज्यान गएको छ । यसअघि मे १४ मा ८३५ जनाको ज्यान गएको थियो । ब्राजिलमा हालसम्म कोभिड–१९ बाट १७ हजार ९८३ जनाको ज्यान गएको छ ।



मंगलबार ब्राजिलमा १७ हजार ४०८ जना नयाँ संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ८ सय भन्दा बढी पुगेको छ । ब्राजिलमा कोरोना भाइरस महामारीको उच्च तह जुनमा पुग्ने अनुमान छ ।

कोरोना भाइरसविरुद्धको अभियानका सम्बन्धमा ब्राजिल स्पष्ट रुपमा विभाजित छ । राष्ट्रपति जायर बोल्सोनारोले अहिलेसम्म पनि कोरोना भाइरसलाई गम्भीर रुपमा लिएका छैनन् ।

उनले लकडाउनसहितका उपायहरु लागु गर्न नपर्ने बताउँदै आएका छन् । उनकै सरकारका मन्त्री तथा उच्च अधिकारीहरु बोल्सोनारोको अवधारणामा सहमत छैनन् ।

सम्बन्धित समाचार