वैज्ञानिकले बनाउँदै छन् कोरोना भाइरस मार्ने मास्क

कोरोना भाइरस महामारीको यो समयमा मास्क अनिवार्य जस्तै भएको छ । स्वास्थ्यविज्ञले संक्रमणबाट जोगिन र अरुलाई संक्रमण नहोस् भन्नका लागि मास्क लगाउनु पर्ने बताएका छन् ।

तर मास्क लगाउँदैमा पूर्ण रुपमा सुरक्षित भइन्छ भन्ने छैन । मास्क सही तरिकाले लगाउने र फुकाल्ने तथा निश्चित समयपछि फेर्ने गर्नु पर्छ ।



मास्कको अनिवार्यता थप पुष्टि भएको यो अवस्थामा अमेरिकाका अनुसन्धानकर्ताहरु कोरोना भाइरस मास्कको बाहिरी सतहमा सम्पर्कमा आउने बित्तिकै निष्क्रिय हुने विशेष खालको मास्क बनाउने प्रयासमा जुटेका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ केन्टुकीका अनुसन्धानकर्ताहरु मास्कको बाहिरी तहलाई भाइरसलाई आक्रमण गरी मार्न सक्ने बनाउने प्रयासमा जुटेका हुन् ।

त्यसका लागि मास्कको बाहिरी तहमा भाइरसलाई मार्न या निष्क्रिय पार्न सक्ने एन्जाइम राख्ने अनुसन्धानकर्ताले बताएका छन् । सो एन्जाइम सार्स–कोभी–२ कम्पोनेन्टलाई आक्रमण गर्न सक्ने गरी तयार पारिने छ ।

भाइरस मास्कको सम्पर्कमा आउने बित्तिकै मर्ने गरी तयार पार्ने प्रयासमा रहेको केन्टुकी विश्वविद्यालयलका अनुसन्धाकर्ता रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

विश्वविद्यालयका केमिकल इन्जिनियरिङ्गका प्राध्यापक दीवाकर भट्टाचार्यले भनेका छन्, ‘नोवेल कोरोना भाइरसले आफूलाई प्रोटिनले घेरेको हुन्छ । मानिसको शरीरमा एकपटक छिरेपछि आफूलाई बिस्तारित गर्छ । हामीले बनाउने मास्कमा प्रोटोलेटिक इन्जाइम हुन्छ, जसले कोरोना भाइरसको बाहिरी घेरामा रहेको प्रोटिनमा आक्रमण गर्छ । प्रोटिनबाट भाइरलाई अलग गरेर मार्छ ।’

सो मास्क बनाउन तथा परीक्षणका लागि ६ महिना लाग्ने प्राध्यापक भट्टाचार्यले बताएका छन् । एन्टिभाइरल फेस मास्कले वरपरको हावामा रहेको भाइरल पार्टिकल्सलाई पनि हटाउने उनले बताएका छन् ।

सम्बन्धित समाचार