भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ ।
कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ ।