भारत कोरोनाको उच्च संक्रमण दर भएको देशको चौथो नम्बरमा

यी हुन् कोरोनाले सबैभन्दा आक्रान्त विश्वका १० देश

छिमेकी देश भारतले कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन, परीक्षणलगायतका विभिन्न प्रयासहरु जारी राखेको छ ।

तर, विभिन्न प्रयासहरु जारी राखिए पनि भारतका कोरोना संक्रमणको दर भने अझै नियन्त्रणमा आउन सकेको छैन । लकडाउन जारी भए पनि सामाजिक दूरी कायम गर्ने र मानिसको आवातजावत नियन्त्रण नहुँदा भारतमा कोरोना संक्रमणको दर घट्नुको सट्टा झनझन बढ्दै गएको भारतीय सञ्चारमाध्यमहरुले नै उल्लेख गरेका छन् ।



हिजो ९शनिबार० विश्वभर झण्डै एक लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर ९९ हजार ६८६ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो संक्रमण दरको तुलना गर्दा उच्च संक्रमण दर उच्च भएका देशमा भारत विश्वमै चौथो स्थानमा देखिएको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७५७ जना संक्रमित भएका छन् भने ब्राजिलमा १६ हजार ५०६, रुसमा ९ हजार ४३४ र भारतमा ६ हजार ६२९ जना संक्रमित भएका छन् ।

कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भन्दा पनि पछिल्लो समय भारतमा संक्रमण दर तीब्र बन्दै गएको छ । भारतमा शनिबार संक्रमणबाट १४२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या एक लाख ३१ हजार ४२३ पुगेको छ भने ३ हजार ८६८ जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार २६ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा ९६५, मेक्सिकोमा ४७९, बेलायतमा २८२, रुसमा १३९, इटालीमा ११९, पेरुमा १२९, क्यानाडामा १०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ५९६ पुगेको छ भने संक्रमितको संख्या ५३ लाख ९७ हजार नाघेको छ । २४ लाख ४४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

यी हुन् कोरोनाले सबैभन्दा आक्रान्त विश्वका १० देश

१. अमेरिका– संक्रमित–१६, ६६, ८२८ मृत्यु–९८, ६८३
२. रुस– संक्रमित–३,३५८८२ मृत्यु–३,३८८
३. ब्राजिल– संक्रमित–३,४७, ३९८ मृत्यु–२२,०१३
४. बेलायत– संक्रमित–२,५७,१५४ मृत्यु–३६, ६७५
५. स्पेन– संक्रमित–२,८२,३७० मृत्यु–२८, ६७८
६. इटली– संक्रमित–२,२९,३२७ मृत्यु–३२,७३५
७. फ्रान्स– संक्रमित–१,८२,४६९ मृत्यु–२८,३३२
८. जर्मनी– संक्रमित–१,७९,९८६ मृत्यु–८,३३६
९. तुर्की– संक्रमित–१,५५,६८६ मृत्यु–४,३०८
१०. इरान– संक्रमित–१,३३,५२१ मृत्यु–७,३५९

सम्बन्धित समाचार