भारतमा बितेको २४ घण्टामा थप ७४६६ जना कोरोना संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन संक्रमित पुष्टि भएको सबैभन्दा अधिक संख्या रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ४७०६ मानिसको मृत्यु भएको छ । ताजा तथ्याङ्क अनुसार अब भारतमा कोरोनाका कराण ज्यान गुमाउनेको संख्या चीनको भन्दा धेरै पुगेको छ ।
चीनमा कोभिड–१९ का कारण ४६३८ मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ ।
भारतमा अहिलेसम्म एक लाख ६५ हजार ७९९ संक्रमित पुष्टि भएका छन् ।