थापाथलीमा धादिङकी २६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

धादिङकी एक महिललाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्माएकी हुन् ।

पहिलो पटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन् ।



चिकित्सकका अनुसार उनले राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्। जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो। तीनै बच्चा स्वस्थ छन् ।

सम्बन्धित समाचार