अमेरिकामा प्रहरी ज्यादतीको अर्को डरलाग्दो घटना सार्वजनिक भएको छ । स्थानीय समय अनुसार बिहीबार राति ८ बजेपछि पश्चिम न्यूर्योकको बफेलो शहरमा दुई प्रहरी अधिकारीले ७५ वर्षका एक वृद्धलाई धकेलेर लडाएको भिडियो भाइरल भएको छ ।
जर्ज फ्लोइडको हत्याको विरोध तथा न्यायको माग गर्दै भएको प्रदर्शन नियन्त्रणका लागि न्यूर्योकको दोस्रो ठूलो शहर बफेलोमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू कार्यान्वयनका लागि खटिएका अस्त्र युक्त दुई प्रहरीले ७५ वर्षका वृद्धलाई धकेलेर लडाएका हुन् ।
लडेका ती वृद्धको टाउको गम्भीर चोट लाग्यो । रगत बग्यो, उनी बेहोस भए । धकेल्ने प्रहरी अघि बढे । अरु सुरक्षाकर्मी आएर उनलाई उठाए । ती वृद्धको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।
https://twitter.com/WBFO/status/1268712530358292484?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1268712530358292484%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F06%2F05%2F365797%2F
बफेलो शहरका मेयर बायरन ब्राउनले वक्तव्य जारी गरेर घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै ती वृद्धलाई धकेल्ने दुई प्रहरी अधिकारीलाई निलम्बित गरिएको जानकारी दिएका छन् ।
न्यूर्योक राज्यका गभर्नर एन्ड्रयू कुओमोले घटनाको गम्भीर निन्दा गर्दै बफेलोमा भएको घटना पूर्णरुपमा अनुचित र अपमानजनक रहेको बताएका छन् ।
कुओमोले मेयर ब्राउनलाई घटना लगत्तै टेलिफोन गरेका थिए । टेलिफोनमा दुई प्रहरी अधिकारीलाई तत्काल निलम्बित गर्ने सहमति भएको हो । प्रहरी अधिकारीले आफ्नो जिम्मेवारी निभाउनु पर्ने तर कसैमाथि दुर्व्यवहार गर्न नहुने उनले उल्लेख गरेका छन् ।
Current situation in #Buffalo as police work to enforce the 8 p.m. curfew in Niagara Square. Caution: there is some vulgar language in the video. Tune to @SPECNewsBuffalo for the latest. Video Courtesy: Photojournalist Anthony Nelson pic.twitter.com/nP4AXgQGeR
— Katie Gibas (@KatieGibas) June 5, 2020
बफेलोमा भएको घटना सम्बन्धी भिडियो रेडियो स्टेशन डब्लुबिएफओले पोस्ट गरेको हो ।