लकडाउन खुकुलो भएपछि भारतमा कोरोना थप आक्रमक, एकै दिन थपिए ९ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण दैनिकरूपमा बढ्दो क्रममा देखिएको छ । कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ । एकै दिन अरू २८६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ६४९ पुगेको छ । यसअघि विहीबार पनि भारतमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।



एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । भारतमा लकडाउन खुकुलो बनाउँदै लगिएकोले पनि संक्रमित बढेको आशंका गरिएको छ । ।

सम्बन्धित समाचार