धनगढीमा सरकारविरुद्ध युवाहरुको प्रदर्शन

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा युवाहरुले सरकारकाबिरुद्ध विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय भ्रष्टाचार बढेको, कोरोना महामारीको उचित व्यवस्थापन नगरेको लगायतका विषयमा धनगढीका युवाले खबरदारी गरेका हुन् ।

धनगढीको ट्राफिक चौराहमा शुक्रबार दिउँसो त्यहाँ खटिएका सुरक्षाकर्मीलाई मास्क वितरण गरेर प्रदर्शन शुरु गरिएको थियो। उक्त प्रर्दशनमा ठूलो संख्यामा युवा युवतीहरु प्लेकार्डसहित सहभागी भएका थिए ।



सरकारले गरेका गलत क्रियाकलाप रोक्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, आरडिटी परिक्षण तत्काल रोकी पिसिआर परिक्षण बढाउनु पर्ने लगायत नारा प्लेकार्डमा लेखिएका थिए । झण्डै एक घण्टा प्रर्दशनपछि उनीहरुले सुरक्षाकर्मीलाई पानी वितरण गरेर प्रदर्शन टुङग्याएका थिए ।

केही दिनअघि युवाहरुले धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि एक घण्टा धर्नासमेत दिएका थिए ।

सम्बन्धित समाचार