नयाँ संक्रमित कुन जिल्लाका कति ?

नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ४२४ जना पुरुष र २४ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७, तनहुँका १, बर्दियाका १५, बाँकेका १, धनुषाका १५, सर्लाहीका ५२, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौँका १ जना संक्रमित थपिएका हुन् ।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। तीमध्य ४७०९ पुरुष र ३५३ महिला छन् ।

सम्बन्धित समाचार