यी चार जिल्लामा हुने छैन लकडाउन खुकुलो

सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने त्यो लागू नहुँने भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ।

सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो । यी चार वटै जिल्लामा ‘एक्टिभ’ संक्रमण संख्या २ सय बढी छ। सर्लाहीमा ४७१, रौतहटमा ५१६, कपिलवस्तुमा ३५३, र दैलेखमा ४४३ जना संक्रमित छन्।



कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सरकारको निर्देशन आउनसाथ लकडाउन लागू गर्ने जनाए।

सम्बन्धित समाचार