दूध बोक्ने भाँडोमा सूर्ति तस्करी !

बाँकेको कम्दीमा दूधको भाडोभित्र सूर्ति राखेर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । भे ४ प ५७६७ नम्बरको मोटरसाइकलमा एक सय पोका सूर्ति राखेर ल्याउँदै गर्दा राप्तीसोनारी–७ झगडियाका राकेशकुमार गद्दी र सबान गद्दी पक्राउ परेका हुन्।

उनीहरुले मोटरसाइकलको दुईतिर झुण्ड्याइएको दूधको भाडोमा सूर्ति राखेर ल्याइरहेका थिए । लकडाउनले गर्दा बजारमा सूर्तिजन्य पदार्थको सटेज देखिएको छ। कारोबारीले त्यसको मौकाको फाइदा उठाएका छन् ।



२० रुपैयाँमा पाइने सूर्ति अहिले प्रतिप्याकेट ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। पक्राउ परेका दुई जनाले एक सय पोकामा दुई हजार प्याकेट सूर्ति ल्याइरहेका थिए ।

कम्दी प्रहरी इन्चार्ज सुरेन्द्र पन्तले सूर्ति, मोटरसाइकल र दुई जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा पठाएको जानकारी दिए ।

सम्बन्धित समाचार