काठमाडौं प्रशासनको सवारी पाससम्बन्धी सूचना : जिल्ला प्रवेश गर्न आफू बस्ने पालिकाको अनुमति अनिवार्य

सवारी पास सम्बन्धी काठमाडौं जिल्ला प्रशासनले नयाँ सूचना जारी गर्दै उपत्यका बाहिरबाट आउनेका लागि आफू बस्ने पालिकाको अनुमति अनिवार्य गरेको छ ।

जिल्ला प्रशासनले आइतबार सूचना निकाल्दै आएर बस्ने नगरपालिका वा महानगरपालिकाको अनुमतिसहित सवारी पासका लागि निवेदन दिनुपर्ने र यसबारे अन्तिम निर्णय गृह मन्त्रालयले गर्ने जनाएको छ । यसअघि आएर बस्ने पालिकाको अनुमति आवश्यक थिएन तर गृह मन्त्रालयको स्विकृति भने अनिवार्य थियो ।



सरकारले लकडाउन सुरु गरेको ८० औँ दिनदेखि मोटरसाइकल लगायत निजी सवारीसाधन सञ्चालन खुला गरेको थियो। तर मोटरसाइकलभन्दा बाहेकका निजी सवारीसाधन सम्बन्धित जिल्लाभन्दा बाहिर लैजान नपाउने सरकारको निर्णय छ ।

मोटरसाइकल बाहेकका निजी सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागु गरिएको छ ।

सम्बन्धित समाचार