क्वारेन्टाइनमै महिलामाथि बलात्कार, ३ जना पक्राउ

कैलालीमा क्वारेन्टानमा बसेकी १ महिलामाथि बलात्कार भएको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कार भएको आरोप लागेको हो ।

पीडित महिलाले क्वारेन्टानमा स्वंयमसेवकको रुपमा राखिएका ३ जनाले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कार्कीले क्वारेन्टानमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको बताए ।



यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले भने महिलामाथि दुव्र्यवहार भएको भन्ने उजुरी आएलगतै ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । घटनापछि लम्कीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन । अहिले लम्की क्षेत्रमा सडकअवरूद्ध गरेर प्रदर्शन भइरहेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

क्वारेन्टाइनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित समाचार