
भारतीय रक्षामन्त्री राजनाथ सिंहले छिमेकी मुलुक नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर पुग्ने सडकबारे नेपालमा केही असमझदारी पैदा भएको बताएका छन् । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला-लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका हुन् । उनले भनेका छन्, ‘नेपालमा सीमाबारे विवाद भए हामी आपसमा बसेर समाधान खोजौँ। नेपालसँग हाम्रो रोटी र बेटीको सम्बन्ध छ। यसको बारेमा अरु कोहीले बुझ्न सक्दैन।’
उनले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि मजबुत रहेको बताए। उनले भने, ‘लिपुलेकलाई लिएर नेपालमा केही अफवाह फैलिएको छ । यसलाई हामी वार्ताको माध्यमबाट समाधान गर्छौ । हामी नेपालीप्रति कुनै प्रकारको कटुताको व्यवहार गर्दैनौँ ।’
नेपाल र भारतबीच धार्मिक एवं ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले भनेका छन्, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी भुल्न सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छरु यी सम्बन्धहरु यो लोकको होइन, म यो सम्बन्धलाई अर्कै लोकको हो भनेर विश्वास गरेको छु। यस्तो सम्बन्धलाई चाहेर पनि कसैले परिवर्तन गर्न सक्दैन ।’
हमारे पड़ोसी देश नेपाल में इस सड़क को लेकर कुछ गलतफहमियां पैदा हुई हैं। भारत और नेपाल के बीच का जो रिश्ता है ये कोई सामान्य रिश्ता नहीं है। भारत और नेपाल का रिश्ता रोटी और बेटी का है। pic.twitter.com/99EeTaXvlW
— Rajnath Singh (@rajnathsingh) June 15, 2020
