मानसिक स्वास्थ्यका लागि सेक्स

सहवासले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तत्व पाइन्छन् । यस्ता तत्व महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । यसका अरु फाइदा यस प्राकर छन् :

टाउको दुखाइ घटाउँछ : महिलालाई टाउको दुखेको छ भने सहवास गर्नाले दुखाइ कम हुन्छ । महिलाको जी–स्पटमा सहवासका क्रममा हुने स्पर्श र घर्षणले महिलाको टाउको दुखाइ कम गर्छ । सहवासका क्रममा उत्सर्जन हुने ओक्सिटोसिन नामक तत्वमा पेनकिलरमा पाइने तत्व उपलब्ध हुन्छ, जसले अन्य दुखाइबाट राहत दिन्छ ।



स्मरणशक्ति बढाउँछ : नियमित सहवास गर्ने व्यक्तिको स्मरणशक्ति अरूको भन्दा बलियो हुन्छ । नियमित सहवास गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग बढी सक्रिय हुने गर्छ ।

मीठो निद्रा लगाउँछ : सहवासपछि खास गरी पुरुषलाई मीठो निद्रा पर्छ । वीर्य स्खलनसँगै पुरुषको शरीरबाट अक्सिटोसिन बाहिर निस्किन्छ, जसले गर्दा पुरुषले निद्रा महसुस गर्छ ।

सम्बन्धित समाचार