पहिरो पुरिएर ११३ जनाको मृत्यु

उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको समाचारहरूमा उल्लेख छ।

ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ । म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् ।



सरकारी निकायले ११३ वटा शव भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ । खानीबाट फालिएको माटो र ढुङ्गामा जेडका टुक्राटाक्री खोज्न सयौँ मानिसहरू भेला हुन्छन् । गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ ।

सम्बन्धित समाचार