इंग्लिस प्रिमियर लिग फुटबल यस सिजनको उपाधि विजेता लिभरपुलले म्यानचेस्टर सीटीसँग लज्जास्पद हार बेहोरेको छ । ईतिहाद स्टेडियममा गएराति भएको खेलमा साविक विजेता सीटीले लिभरपुललाई ४-० ले हराएको छ ।
सीटीको जीतमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । सीटीले एक आत्मघाति उपहार पाएको थियो ।
गत साता चेल्सीले म्यान्चेष्टर सीटीलाई हराएपछि उपाधि जीतेको लिभरपुलको यो हार सिजनकै सबैभन्दा लज्जास्पद हो । जीतसँगै दोस्रो स्थानको सीटीले ६६ अंक बनाएको छ । उपाधि जीतिसकेको लिभरपुलको ८६ अंक छ ।