मलेरिया र एचआइभीको औषधि कोरोनाको उपचारमा प्रभावहिन

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिएको मलेरिया र एचआइभी एड्सको औषधि प्रभावहिन भएको छ । मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभी संक्रमितलाई प्रदान गरिने लोपिनएविर/रिटोनाविर औषधिको प्रयोगले संक्रमितको उपचारमा खास प्रभावकारिता नदेखिएपछि विश्व स्वास्थ्य संगठनले ती औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

पहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाका उपचारको लागि हाइड्रोक्सिक्लोरोक्वीन लिन समेत आह गरेका आग्रह । तर कोरोना भाइरसबाट संक्रमित भएकालाई यो लगायत एचआइभीका औषधि प्रदान गरिँदा त्यसले मृत्युदर रोक्न वा कम गर्न नसकेको डब्लुएचओले जनाएको छ ।



सोही कारण यी औषधिको प्रयोग कोभिड–१९ का बिरामीमा नगर्नको लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । कोरोना विरु हालसम्म कुनै पनि औषधि पत्ता लाग्न सकेको छैन र दुनियाँ भरका सयौं औषधि कम्पनिहरुले यसको खोप पत्ता लगाउन रातदिन लागिरहेको छन् ।

सम्बन्धित समाचार