नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत्र ।
कोरोना भाइरसको संक्रमणबाट विदेशी भूमिमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशी भूमिमा योसँगै एक सय ४३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
संघअन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एकएक जनाको ज्यान गएको हो । गत पछिल्लो दुई हप्ता विदेशी भूमिमा कोरोना भाइरसका कारण निधन नभएपछि यो हप्ता एकैचोटी १३ जनाको निधन हुँदन विदेशी भूमिमा कार्यरत नेपाली चिन्तित भएका छन् । संघका अनुसार कोरोना भाइरसका कारण बेलायत, अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा कार्यरत नेपालीहो कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशमा सक्रमण बढ्दै गएको बताए । सक्रमणबाट जोगिन उनले सतर्क रहन अनुरोध गरेका छन् । मास्क अनिवार्य लगाउन, सबै कोरोनाको संक्रमण भएजस्तै टाढै बसेर सुरक्षित हुन, नियमित साबुनपानीले हात धुन उनले सल्लाह दिएका छन् । उनका अनुसार मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हँदै गइरहेको जानकारी दिएका छन् । पूर्णरुपमा सुरक्षित हुनुपर्ने उनको सुझाव छ ।
समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार नौ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विदेशी भूमिमा बस्ने नेपाली २५ हजार २ सय २६ जना कोरोनाबाट मुक्त भएको संघ अन्तर्गनको समितिका प्रवक्ता चिरण शर्माले जानकारी दिए । संघका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन् ।