हिंसात्मक प्रदर्शनमा १६६ जनाको मृत्यु

इथियोपियामा चर्चित गायक हाकालु हुन्डिसाको हत्या प्रकरणमा भइरहेको आन्दोलनका क्रममा हिंसा भड्किँदा १६६ जनाको मृत्यु भएको छ । जसमा १४५ सर्वसाधारण र ११ जना सुरक्षाकर्मी रहेको ओरोमिया क्षेत्रका प्रहरी कार्यकारी कमिसनर जिरम्यान जेलमले बताएका छन् ।

त्यसैगरी थप १० जना राजधानी अदिस अबाबामा मृत्यु भएको जनाइएको छ । जिरमाका अनुसार अन्य १६७ जना घाइते भएका छन् । उक्त प्रदर्शनमा १ हजार ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



ओरोमो जातीय समूहका सदस्यसमेत रहेका गायत हाकालुलाई गत सोमबार राजधानी अदिस अबाबामा गोली हानी हत्या गरिएको थियो । उक्त हत्या प्रकरणमा संलग्‍न भएको भन्दै पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ । अलजजिरा

सम्बन्धित समाचार