रसियालाई उछिन्दै भारत बन्यो तेश्रो धेरै कोरोना संक्रमित भएको मुलुक

भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेश्रो मुलुक बनेको छ। आइतबार रसियालाई उछिन्दै भारत तेश्रो स्थानमा आएको हो । पछिल्लो विश्व विवरण अनुसार संक्रमित संख्याको पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्।

आइबारसम्म भारतमा देशभर कोरोना संक्रमित संख्या ९ लाख ९० हजार पुगेको छ। यसैगरी वर्ल्ड मिटरका अनुसार भारतको पछिल्लो कोरोना संक्रमित संख्या ६ लाख ९७ हजार ८ सय ३६ छ।



यस्तै त्यहाँ हालसम्म १९ हजार ७ सय जनाको कोरोनाका कारण मृत्यु भएको उसले जनाएको छ। आइतबारमात्रै भारतमा झण्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए। यस्तै संक्रमित संख्याको आधारमा चौथो नम्बरमा रहेको रसियामा ६ लाख ८१ हजार २ सय ५१ जना संक्रमित छन।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया(पीटीआई)ले पछिल्लो समय थपिएका संक्रमितमध्ये ७८ प्रतिशत भारतका महाराष्ट्र, तमिल नाडु, दिल्ली, तेलाङ्गाना, कर्नाटका, असम र बिहार राज्यबाट रहेको जनाएको छ।

सम्बन्धित समाचार