नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
दक्षिण चीन सागरमा अमेरिकाले गरिरहेको सैन्य युद्धाभ्यासलाई लिएर चीनको सरकारी मिडिया ग्लोवल टाइम्सद्वारा लेखिएको समाचार अमेरिकालाई चीनले मिसाइल हमला गर्ने चेतावनी दिएको भनिएको थियो । दक्षिण चीन सागरमा अमेरिका र चीनले आ आफ्नै तरिकाले युद्धाभ्यास गरिरहेका छन् ।
ग्लोवल टाइम्सले मिसाइल डोंगफेंग-२१ र डोंगफेंग-२५ ले अमेरिकाका एयरक्राफ्टलाई क्षणभरमै नष्ट गर्न सक्ने बताएको थियो । दक्षिण चीन सागरमा अमेरिकाको यस्तो गतिविधिका कारण चीनले दिएको मिसाइल हमला गर्ने धम्कीलाई अमेरिकाले सामान्य ठान्दै मजाकमा उडाएको छ ।
अमेरिकी नौसेनाले यो विषयलाई गम्भीरताका साथ नलिई मजाकको रुपमा हेरेको छ । सरकारी मिडिया ग्लोवल टाइम्सको ट्वीटको माध्यमबाट चीनले अमेरिकालाई यो धम्की दिएको थियो ।
त्यसपछि अमेरिकी नौसेनाले चेतावनी पछि पनि हामी त्यहि क्षेत्रमा रहेका छौँ भन्दै चीनको चेतावनीलाई मज्जाकमा उडाएको छ । साथै अमेरिकी नौसेनाले मिसाइलका तस्वीर समेत शेयर गरेको छ ।
And yet, there they are. Two @USNavy aircraft carriers operating in the international waters of the South China Sea. #USSNimitz & #USSRonaldReagan are not intimidated #AtOurDiscretion https://t.co/QGTggRjOul
— Navy Chief of Information (@chinfo) July 5, 2020