इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् ।



सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

सम्बन्धित समाचार