नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका मोस्टवान्टेड विकास दुबे पक्राउ परेका छन् । दुवे मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट बिहीवार बिहान पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ। उनले महाकाल मन्दिरमा पर्चा काटेपछि स्वयं नै आत्मसमपर्ण गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यूपी पुलिसले उनलाई गिरफ्तार गरेको बताएको छ ।
अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका थिए । उनलाई खोज्दै भारतीय प्रहरी नेपालगञ्जमा समेत आईपुगेको थियो । भारतीय प्रहरीले दुबेबारे सूचना दिनेलाई दुई लाख ५० हजार रुपैयाँ भारू पुरस्कार दिने समेत घोषणा गरेको थियो।
त्यहाँको दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी गएको राज्यका प्रहरी प्रमुख हितेश चन्द्र अवस्थी बताएका छन् ।