प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भनिन्-‘हामी नेपालमा स्थायी सरकार भएको हेर्न चाहन्छौं’

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिइरहेकी छिन् । यसैक्रममा उनले विहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेकी छन्।

दूतावास स्रोतका अनुसार विहीबार बिहान प्रचण्डलाई भेट्न उनी खुमलटार निवासमा पुगेकी थिइन्। भेटका क्रममा दुई पक्षीय हितका विषयमा कुराकानी भएको दूतावासले जनाएको छ।



‘हामी नेपालमा स्थायी सरकार र विकास भएको हेर्न चाहन्छौं, आजको भेटमा पनि राजदूतले त्यही कुरा गर्नुभएको हो,’ दूतावासका प्रवक्ता चाङ सीले भने। पछिल्लो समय राजदूत यान्छीले नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेकी थिइन्।

कतिपयले चिनियाँ राजदूतको सक्रियता अस्वभाविक भएको बताएका छन्। दूतावासका प्रवक्ता सीले भने यो सामान्य कूटनीतिक चलन भएको बताए।

सम्बन्धित समाचार