नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ५७ हजार ४०५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ४०४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड २३ लाख ८७ हजार ८२८ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख २२ हजार ८२५ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । यो समाचार तयार पार्दासम्म ७१ लाख ८७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ४८४ जनाको मृत्यु भएको छ । २५ लाख ३२ हजार ३६१ जना संक्रमित भएकोमा १४ लाख ७९ हजार ३६३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८२ हजार २३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३७ लाख ७४ हजार २३३ पुगेको छ । त्यसमध्ये १७ लाख ३२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ६६ हजार ६३१ जनाको मृत्यु भएको छ । २७ लाख ९१ हजार ३२५ जना संक्रमित भएकोमा १९ लाख २० हजार ५३९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४०१ जनाको मृत्यु भएको छ । २७ लाख ३२ हजार ९४१ जना संक्रमित भएकोमा १७ लाख ७९ हजार ६७० जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १२ हजार ४९९ जनाको ज्यान गएको छ भने ५ लाख ४५ हजार १०८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ६५ हजार ६८३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ७१६ जना संक्रमित भएकोमा ९ हजार १७७ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने १६ हजार ५३१ जनामा संक्रमण देखिएकोमा ३५ जनाको निधन भैसकेको छ । ७ हजार ८९१ जना भने उपचारपछि घर फर्किएका छन् ।