रुसले तयार पार्यो कोरोनाविरुद्धको पहिलो खोप, कहिले आउँछ बजारमा ?

कोरोना भाइरसको विश्वब्यापी महामारी कायमै रहेका बेला यसविरुद्धको खोप विकासको क्रम पनि जारी छ । छिटो भन्दा छिटो खोप पत्ता लगाउनका लागि विश्वभरका वैज्ञानिकहरुबीच प्रतिस्पर्धा नै चलिरहेको छ । यसैबीच रुसको सेचेनोव विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । भ्याक्सिनका सबै परीक्षण पुरा भएको र सफल पनि भएको विश्वविद्यालयले जनाएको छ ।

ईन्स्टिच्युट फर ट्रान्सलेसन मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वदिम तारसोभले बताए अनुसार सेचेनोव विश्वविद्यालयले १८ जुनमा भ्याक्सिनको परीक्षण गरेको थियो । यो भ्यााक्सिनको निर्माण रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एण्ड माईक्रोबायोलोजीले गरेको वदिम तारसोभले पुष्टि गरेका छन ।



सेचेनोव विश्वविद्यालय मातहतको ईन्स्टिच्युट अफ मेडिकल प्यारासिटोलोजी, ट्रपिकल एण्ड वेक्टर–बर्न डिजीजका निर्देशक अलेक्जेण्डर लुकाशेवले बताए अनुसार सुरक्षाका दुष्टिकोणले आवश्यक पर्ने सबै विषयमा केन्द्रित रहेर गरिने सबैखाले परीक्षणहरु सम्पन्न भैसकेका छन ।

यो भ्याक्सिन कहिलेसम्म बजारमा आउँछ भन्ने बारे यकिन हुन नसकेपनि छिट्टै आउने लुकाशेवले विश्वास ब्यक्त गरे । वदिम तारसोभका अनुसार यो महामारीको समयमा सेचेनोव विश्वविद्यालयले शैक्षिक संस्थाको रुपमा मात्र नभै वैज्ञानिक तथा प्राविधिक अनुशन्धान केन्द्रका रुपमा महत्वपूर्ण काम गर्न सफल भएको छ ।

सम्बन्धित समाचार