कोरोनाबाट विश्वभर ५ लाख ८१ हजारको निधन, एकै दिन थपिए २ लाख १६ हजार संक्रमित

विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ११८ पुगेको छ ।

एकै दिन १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७८ लाख ४६ हजार ४२३ संक्रमितमध्ये १ लाख ५० हजार २५ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।



कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार २७६ जनाको मृत्यु भएको छ । २५ लाख ९९ हजार ६५ जना संक्रमित भएकोमा १५ लाख ३० हजार ८५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८८ हजार ९७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४१ लाख ५२ हजार ५०४ पुगेको छ । त्यसमध्ये १९ लाख ३९ हजार ६५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७२ हजार ६१८ जनाको मृत्यु भएको छ । ३० लाख ७० हजार ८४६ जना संक्रमित भएकोमा २१ लाख ५४ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८ हजार ३०० जनाको मृत्यु भएको छ । २९ लाख ९० हजार ५१३ जना संक्रमित भएकोमा १८ लाख ९४ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ८०३ जनाको ज्यान गएको छ भने ६ लाख २८ हजार ८८५ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख १६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ९१५ जना संक्रमित भएकोमा ९ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १७ हजार ६१ जनामा संक्रमण देखिएकोमा ३८ जनाको निधन भैसकेको छ । १० हजार ३२८ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार